नवलपरासीमा महिलालाई जवरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

Posted on: 22 Feb, 2019

फागुन १०, काठमाडौं । नवलपरासीमा महिलालाई जवरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिबेणी नगरपालिकाका ५८ वर्षीय रामबहादुर गिरी रहेको प्रहरीले जनाएको छ ।

गिरीले घर नजिकै दाउरा काट्न गएकी ४० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको बताएको छ ।

खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गिरीलाई नियन्त्रणमा लिएको हो । घटनाको बारेमा थप अनुसन्धान थालेको प्हरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!