नवलपरासीमा रोकिराखेको ट्रकलाई बसले ठक्कर दिँदा एकजनाको मृत्यु

Posted on: 13 Apr, 2019

चैत ३०, नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यविन्दु– १० अरुणखोलामा गए राति भएको सवारी दुर्घटनामा परी बसमा सवार एकको मृत्यु भएको छ ।   

बिग्रिएर सडकमा रोकिराखेको ना६ख १६१८ नंको ट्रकलाई सुनौलीबाट काठमाडाँै हिँडेको ना६ख २४८१ नं बसले ठक्कर दिँदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका तनहुँ सुक्लागण्डकी गापा–२ बस्ने अन्दाजी २२÷२३ वर्षका रामु सुनारको उपचारका क्रममा नयाँ मेडिकल कलेज चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी  बसमा सवार १० जना घाइते भएका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!