नवलपरासीका अञ्चल सुनारविरुद्ध विशेष अदालतमा मुद्दा दायर

Posted on: 18 Apr, 2019

वैशाख ५, काठमाडौँ (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैंक बर्दघाट नवलपरासीका कनिष्ट सहायक अञ्चल सुनारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्र सेवक कर्जा बापत सेवाग्राहीको खातामा निकासा भएको रकम निकाल्न नमिल्ने गरी रोक्का राखिएको खाता खोल्ने प्रयोजनका लागि सुनारले सेवाग्राहीसँग रु दश हजार घुस मागेको अभियोग लागेको छ । 

यस्तै आयोगले आजै कालिका देवी प्राथमिक विद्यालय अछाममा कार्यरत शिक्षक सुरतबहादुर रावलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!