जिल्ला अध्यक्ष पक्राउ

Posted on: 12 Jun, 2019

जेठ २९, नवलपरासी | नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला अध्यक्ष कृष्ण गिरीलाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ । 

गिरीलाई बर्दघाट–९ बाट आज पक्राउ गरिएको हो । स्थानीय राजा महात्मा पूर्णभद्र मावि पञ्चनगरका विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेका गिरी पक्राउको विरोधमा आज विद्यार्थीले जिल्ला प्रहरी कार्यालय घेराउ समेत गरेका थिए ।

चट्याङ लागेर एकको मृत्यु

पश्चिम नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते प्रतापपुर गाउँपालिका–५ बेताहानीका ६५ वर्षीय झिन्कु लोनियाको आज दिउँसो मृत्यु भएको हो । 

आज दिउँसो १:४५ बजेको समयमा बाटोमा हिँडिरहेको अवस्थामा अचानक चट्याङ लागेर गम्भीर घाइते हुनुभएका लोनियालाई उपचारका लागि सामुदायिक अस्पताल चौपत्ता लगेकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!