नवलपरासीमा दुर्घटना हुदाँ एकको मृत्यु

Posted on: 12 Jul, 2019

असार २७, नवलपरासी | पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ भूमहीमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा एकको मृत्यु भएको छ । 

अर्का एक घाइते भएका छन् । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १६ च २७५१ नम्बरको कार गए राति ११ः३० बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत भूमहीमा लु २ ख ३१२१ नम्बरको रोकिराखेको ट्रकमा ठक्कर खाँदा कारमा सवार रुपन्देही तिलोत्तमा नगरपालिका–३ का ४० वर्षीय गोर्कण पौडेलको मृत्यु भएको हो ।

उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

 यसैगरी सोही कारमा सवार बुटवल उपमहानगरपालिका–४ का ३१ वर्षीय सुरेश पोखरेल घाइते रहेको र उनको पनि बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चालकसहित ट्रक, कार इलाका प्रहरी कार्यालय सुनवलले नियन्त्रणमा लिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!