६५ हजार घुस सहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअ पक्राउ

Posted on: 16 Aug, 2019

साउन ३१, काठमाडौं । पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई  ६५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयका अनुसार अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले बिहीबार परासीस्थित ‘लुम्बिनी प्लस’को कार्यालयबाट दुवै जनालाई पक्राउ गरिएको आयोगले जनाएको छ |

शिक्षकको सरुवा सहमति र रमना मिलाइ दिएबापत उनीहरुले घुस लिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!