नवलपरासीमा पुर्व गाबिस अध्यक्षकि नातिनी घरबाटै बेपत्ता

Posted on: 31 Oct, 2019

श्याम थापा | कात्तिक १४, सुस्ता | पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वार्ड न ५ पर्ने साबिक पक्लिहवा गाबिसका पुर्व गाबिस अध्यक्ष कृष्णनन्द चौधरी मुनाफाको करिब ३ बर्षको नातिनी आफ्नै घरबाट बेपत्ता भएकी छन् ।

कार्तिक ११ गते आफ्नै घरको आगनमा खेल्दै गर्दा साझ ५:३० बजे तिर साबिक पक्लिहवा गाबिसका पुर्व गाबिस अध्यक्ष कृष्णनन्द चौधरीको अढाइ बर्षकि नातिनी अदिती कुर्मि (चौधरी )आफ्नै घरको आगनबाट बेपत्ता भएकी हुन । आदितीलाई कार्तिक ११ गते देखि स्थानीयबासी र प्रहरी द्वारा खोजी कार्य भैरहेको प्रहरी चौकी रामनगरले जनाएको छ । आदितीको खबर कहि कतैबाट नआएको र आफुहरुले आफ्नो सम्पुर्ण आफन्तीका खोजी र जानकारी गराएको हुँदा अहिलेसम्म कहि कतैबाट फोन पनि नआएको हुँदा नातिनी अपहरणमा परेको पुर्व गाबिस अध्यक्ष चौधरीले आशंका गरेका छ्न् । 

पूर्व गाबिस अध्यक्ष चौधरीले आफ्नो कसैसंग दुश्मनी पनि नरहेको र अहिलेसम्म कहि कतैबाट फोन पनि नआएको बताएका छन् । पुर्व गाबिस अध्यक्ष चौधरीको घर नेपाल भारतको सिमाना देखि करिब ५० मिटरको दुरिमा सुस्ता ५ बलिनगर भन्ने ठाउँमा छ । नेपाल भारतको खुल्ला सिमाना र नेपालीहरुको महान चाड दशै तिहार र छठ जस्तो चाडपर्वको अवसरमा सुस्ता ५ को पक्लिहवामा खेलिने जुवातासको कारणले सिमाना पारीबाट भारतीय नागरिकहरुको बढ्दो आवतजावतको कारणले पनि यस्तो घटना भएको हुन सक्ने बलिनगरबासीको दाबी रहेको छ । आदितीले रातो टिसर्ट र कट्टू लगाएको छ र उनको खोजी कार्यमा सहयोग गरिदिनु हुन परिवारजनले आग्रह पनि गरेका छ्न, भने आदितीलाई कोहि कसैले देख्नु र भेटाउनु हुने ब्यक्तीहरुले नजिकको प्रहरी चौकी ९८५७०१३७९३,घर परिवारको सम्पर्क नम्बर ९८०७४९७३२९ / ९८६७४२७९७८ / ९८७६१६५८१० र पत्रकार श्याम थापाको सम्पर्क नम्बर ९८५७०८०९५६ / ९८६७१२९०६० सम्पर्क गरि खबर गरिदिनको लागि परिवारजनले अनुरोध पनि गरेका छ्न ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!