नवलपरासीमा कार्यरत सहायक वन अधिकृतमाथि घुष लिएको आरोप

Posted on: 10 Mar, 2020

फागुन २७, नवलपरासी | टेण्डरको काठ उठाएबापत सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय नवलपरासीमा कार्यरत सहायक वन अधिकृत कृष्णबहादुर देवकोटा र सोही कार्यालयका कार्यालय सहयोगी प्रमोद कुमार तेलीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 

उनीहरुले नियमानुसार लिलाम बिक्री भएको काठको छोडपूर्जी दिने प्रयोजनका लागि सेवाग्राहीसँग रु दुई लाख घुस लिएको आयोगले आरोप लगाएको छ । सहायक वन अधिकृत देवकोटाले घुस रकम आफूले नबुझी कार्यालय सहयोगी तेलीले लिएको अवस्थामा आयोगको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!