मध्यबिन्दु ४ का अतिविपन्न परिवारलाई क्रिएटिभ युवा क्लबद्धारा राहत वितरण

Posted on: 05 Apr, 2020

चैत २३, नवलपरासी | कोभिड १९ (कोरोना) भाइरस फैलिन नदिन सरकारले गरेको लकडाउनबाट मध्यबिन्दु नगरपालिका ४ भित्र प्रभावित १६ परिवारलाई क्रिएटिभ युथ क्लबले राहत वितरण गरेको छ । मध्यबिन्दु ४ भित्रका अतिविपन्न परिवार छनोट गरि खाद्यान्न सामाग्री वितरण गरिएको क्लबका अध्यक्ष गोपिकृष्ण चापागाईंले जानकारी दिनुभयो ।


‘दैनिक ज्याला मजदुरी गरी खाने अतिबिपन्न परिवारका लागी अत्यावश्यक खाद्यान्न सामाग्री वितरण गरिएको हो ।’ अध्यक्ष चापागाईंले भन्नु भयो । यस्तै कारोना भाइरसबाट बच्नका लागी साबुन पानीले हात धुने तथा कसरी यस रोग संक्रमणबाट बच्न तथा फैलिन नदिन के गर्ने भन्ने बिषयमा ति परिवारलाई जानकारी गराइएको बताउनु भयो । 

गाउँघरबाटै खाद्यान्न सामाग्री उठाएर गाउँघरकै अतिबिपन्न परिवारलाई राहत बितरण गरिएको जानकारी दिइयो । राहत सामाग्रीमा चामल, नुन, तेल, साबुन लगायतका अत्यावश्यक खाद्यान्न सामाग्री रहेको बताइयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!