कालीगण्डकी करिडोरमा खटिएका कामदारहरु पहिरामा पुरिए

Posted on: 04 Nov, 2020

कात्तिक १९, नवलपरासी | कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत मजदूर पहिरामा पुरिएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बुलिङटार गाउँपालिका वडा नम्बर ३ स्थित कालीगण्डकी करिडोर निर्माणमा खटिएका मजदूर पुरिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले आज साँझ करीब ५ बजे सो खण्डमा कार्यरत मजदूर ग्याबिनमा ढुङ्गा भर्दै गर्दा माथिबाट खसेको सुख्खा पहिराले पुरिएको जानकारी दिनुभयो । पहिरामा कति जना पुरिएका छन् भन्ने यकिन नभएको उहाँको भनाइ छ । पुरिएकामध्ये दुई जनाको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । 

पहिरामा पाँच जना पुरिएको आशंका गरिएको छ । अहिले पहिरो पन्छाएर खोजी  जारी रहेकाले यति नै पुरिएका छन् भन्ने यकिन नभएको बताइएको छ । अहिले सो  स्थानमा प्रहरी कार्यालय बुलिङटारको प्रहरी टोली उद्धारमा खटिएको उहाँले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!