नवलपरासीमा सम्पन्न स्वर्गीय मुगा जयसवाल मेमोरियल कप बडहियालाई

Posted on: 20 Oct, 2019

श्याम थापा | कात्तिक ३, नवलपरासी | स्वर्गीय मुङ्गा जयसवाल मेमोरियल कप भारत उत्तर प्रदेशको बडहियाले हात पार्न सफल भएको छ । 

मिति २०७६ असोज २५ गते देखि जयसवाल परिवारबाट सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवाको अनुमाघाट(ठाडीघाट) संचालन भएको स्वर्गीय मुङ्गा जयसवाल मेमोरियल कप खुल्ला क्रीकेट प्रतियोगितामा भारत बिहारको बाल्मिकीनगर युवा क्लब र भारत उत्तर प्रदेशको बडहिया क्रिकेट क्लब बिच भएको खेलमा उत्तर प्रदेश भारतको बडहियाको टिमले ट्च जितेर फिल्ड रोजेको थियो भने ब्याटिङ्ग भारत बिहार वाल्मीकिनगर युवा क्लबले सुरु गरेको थियो । २० ओभरको खेलमा बाल्मिकीनगर युवा क्लबले ८ विकेटको नोक्सानमा  १२३ रन बनाएर भारत उत्तर प्रदेश बडहिया क्रिकेट क्लबलाई १२४ रनको लक्ष्य दिएको थियो । १२४ रनको लक्ष्य  पछ्याउँदै बडहिया क्रिकेट क्लबले १६ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गरि स्वर्गीय मुङ्गा जयसवाल मेमोरियल कप बिजेता बन्न पुगेको हो । 

स्वर्गीय मुङ्गा जयसवालको नाति रबिन्द्र कुमार जयसवालको अध्यक्षयतामा,नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति पश्चिम नवलपरासीका कार्यबाहक सभापति अर्जुन कुमार पोख्रेलको प्रमुख अतिथ्यतामा,सविधानसभाका सदस्य द्वेय माननीय देवकरण प्रसाद कलवार सन्तु र बिक्रम खनालको विशेषअतिथ्यतामा बिजेता र उपबिजेताका टिमलाई पुरस्कार वितरण गरिएको हो । 

सो प्रतियोगितामा १६ वटा टिम दर्ता रहेको थियो भने स्वर्गीय मुङ्गा जयसवाल सुस्ता गाउँपालिका वार्ड न ५ का उधोगपती एवं समाजसेवी ओमप्रकाश जयसवालको हजुरबुबा हुनुहुन्थ्यो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!