जुम्लामा चैतमा फल्नुपर्ने स्याउ कात्तिकमै फल्न थालेपछि...

Posted on: 30 Oct, 2016

कात्तिक १४, काठमाडौं | समान्यतया स्याउको बोटमा चैतमा फूल फल्ने र फल लाग्ने गर्छ ।

तर, जुम्लामा भने यसपालि कात्तिकमा नै लटरम्म स्याउ फलेको छ ।भदौमा मात्र बोटको स्याउ टिपेर बजारमा बिक्री गरेका किसान किसान एक महिना बित्न नपाउँदै पुनः स्याउन फलेपछि आश्चर्यमा परेका छन ।

आजसम्म वर्षमा एक पटक मात्र स्याउ फलेको देखेका यहाँका किसान यसपालि बेसिजनमा स्याउ फलेको भन्दै चिन्तितसमेत बनेका छन् ।

स्याउ सबै बोटमा नयाँ फल लाग्यो जुम्लाका किसना प्रेमबहादुर रोकायले भने, ‘आजसम्म यस्तो कहिल्यै भएको थिएन, यसपालि त टिप्न नपाउँदै बाटोमा नयाँ स्याउ फल्यो । कतै यो अनर्थ त हुन लागेन ।’ - अन्नपूर्ण पोस्ट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!