यौन सम्पर्कका लागि होटल पुर्याइएका कैदी अस्पतालबाट भागे भनियो

Posted on: 29 Nov, 2016

मङ्सिर १४, पोखरा । उपचार गर्न लगिएका कास्की कारागारका कैदी पुष्कर खड्का अस्पतालबाट भागे । केही दिनअघि यस्तै खबर सहरमा फैलियो । तर उनी अस्पतालबाट नभई होटलबाट भागेको पत्ता लागेको छ । स्रोत भन्छ, ‘अस्पतालमा उपचारका लागि नभई उनलाई युवती भेट्ने मौका दिन होटल पुर्याइएको पोखराबाट प्रकाशित समाधान दैनिकका पत्रकार अर्जुन गिरीले लेखेका छन् ।

दाँतको उपचार गर्न भनी प्रहरीले लैजाँदा खड्का गण्डकी शिक्षण अस्पतालको चर्पीबाट भागेको कास्की कारागारले बताएको थियो । तर स्रोतका अनुसार उनको यौनतृष्णा मेट्ने मौका दिन मंसिर ९ गते न्युरोडको होटल दीपसागर पु¥याइएकोमा त्यहींबाट भागेका थिए । 

कारागार सुरक्षामा नेपाल प्रहरी खटिएको हुन्छ । तर कैदीलाई उपचारका लागि बाहिर ल्याउने वा नल्याउने अधिकार कारागार प्रशासनसँग हुने प्रावधान कारागार व्यवस्था ऐनमा छ । जेल प्रशासनसँग अनुमति लिएरमात्रै प्रहरीले कैदीलाई बाहिर निकाल्ने र सुरक्षाकर्मी खटाउँछ । खड्का भागेपछि कास्की कारागार प्रमुख हरिप्रसाद गौतमले खड्का अस्पतालबाट भागेको ‘कहानी’ मिडियाकर्मीलाई सुनाएका थिए । खड्कालाई यसअघि पनि पटकपटक उनको यौन चाहना पूरा गर्न बाहिर निस्कन दिने गरेको स्रोत बताउँछ । ‘तर यसपालि भने कारागार प्रशासनलाई धोका दिँदै उनी भागे,’ स्रोतले भन्यो । 

खड्कालाई लिएर बाहिर निस्किएका प्रहरीद्वय र कारागार कार्यालय सहायक त स्वतहः कारबाहीमा पर्ने तर यस प्रकरणमा उनीहरुको मात्र संलग्नता नरहेको स्रोतले दाबी ग¥यो । ‘हुन त प्रहरी सहायक निरीक्षक बोजकुमारी क्षेत्रीको नेतृत्वमा खड्का त्यहाँ पुगेका थिए तर उनलाई कारागार प्रशासनले खटाउनुपर्छ,’ स्रोतले भन्यो, ‘कुन प्रहरी कहाँ खटिने भन्ने निर्णय कारागार प्रशासनले नै गर्छ ।’ तर घटनाको अनुसन्धानमा पनि शंकाको बादल मडारिएको स्रोतको भनाइ थियो । ‘कारागार प्रमुखको संयोजकत्वमा छानबिन टोली छ, अब प्रमुखकै वा उनी मातहातको कर्मचारीको गल्ती पनि त ढाकछोप हुन सक्छ,’ स्रोतले भन्यो, ‘दुई प्रहरीले मात्र चाहेर कसरी होटलमा रासलीला मच्चाउन कैदी पु¥याउन सक्छन् ?’ त्यसैमाथि अस्पतालै लगिएको र बीचबाटै सेटिङ गरेर त्यहाँ पुग्न निकै गाह्रो हुने स्रोतको भनाइ थियो । 

मंसिर ९ गते बिहान १० बजेतिर होला कैदी खड्कालाई कारागारबाट लिएर प्रहरी सहायक निरीक्षक बोजकुमारी क्षेत्रीको नेतृत्वमा प्रहरी हबल्दार श्याम परियार र कारागारका एक कर्मचारी अस्पताल जाने भन्दै हिँडेका थिए । उनीहरु खड्काको दाँत उपचार गर्ने भन्दै गाडी लिएर गण्डकी शिक्षण अस्पतालतिर लागे । तर गाडी त्यहाँ नगई न्युरोडमा रहेको होटल दीपसागरतिर सोझिए । बिहानको साढे ११ बजेतिर सहायक निरीक्षक बोजकुमारी अघि–अनि खड्काबीच र पछि–पछि हबल्दारम श्याम । 

होटलको रिसेप्सनमा पुगे । बोजकुमारीले अनुसन्धानको काम छ भन्दै दुई वटा कोठा आवश्यक परेको बताइन् । सोही अनुसार होटलका कर्मचारीले दुईवटा कोठाको चाबी दिए । चाबी लिँदै ‘दुईवटा केटी आउँछन् हाम्रो कोठामा पठाइदिनु होला’ भन्दै प्रहरी बोजकुमारीले कर्मचारीसँग भनिन् । त्यति भन्नेबित्तिकै उनीहरु सरासर माथि कोठातिर लागे । केहीबेरमा दुई युवती पनि उनीहरु भएको कोठामा आए । पोखरा भेडिफारमकी एक युवती जो खड्कासँग पहिलेनै चिनेजाने कि थिइन् । 

प्रहरी बोजकुमारीले ‘तिमीहरु त्यो कोठामा जाऊँ’ भन्दै कैदी खड्का र दुई युवतीलाई कोठा नम्बर ३०१ मा पठाइन् । तीनजना एउटा कोठामा थिए । त्यही कोठाको अगाडि रहेको ३०५ नम्बरको कोठामा प्रहरी बोजकुमारी र हबल्दार श्याम थिए । केही बेरामा खड्काको कोठाबाट एउटा युवती निक्लिन् । खड्का कोठाभित्र अर्की युवतीसँग मस्त भए । यता प्रहरीद्वय मम र कफी खान व्यस्त भए । 

खड्काले अर्की युवतीसँग फोटो खिच्ने काम छ भन्दै एक युवतीलाई बाहिर पठाएका थिए । त्यसको पाँच–सात मिनेटमा खड्का र ती युवती पनि त्यो कोठाबाट निक्लिए । केहीबरेपछि प्रहरीद्वय बाहिर निक्लिएर हेर्दा कोठामा कोही थिएनन् । खड्कासहित दुई युवती पनि गायब थिए । 

आत्तिँदै प्रहरीले खड्कालाई खोज्न थाले । कारागारका कार्यालय सहायक कहाँ थिए भन्ने पनि पत्तो भएन । अन्तत असई बोजकुमारीले कास्की प्रहरी र कास्की कारागारलाई जानकारी गराइन् । कास्की प्रहरीबाट पनि प्रहरी खटाइयो तर अहिलेसम्म खड्का कहाँ छन् भन्ने पत्तो लागेको छैन । 

असई बोजकुमारी, हबल्दार श्याम र कारागार कर्मचारीलाई प्रहरीकै नियन्त्रणमा लिइयो । उनीहरु कास्की कारागारको हिरासतमा छन् । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी गजुसिद्धि बज्राचार्यले बताए । ‘फरार खड्काको खोजी भइरहेको छ,’ उनले भने, ‘खटिएको प्रहरीमाथि कारागार प्रशासन र हाम्रो तर्फबाट पनि अनुसन्धान भई हरको छ ।’ गल्ती ठहर भए उनीहरुलाई ऐन अनुसार पनि कारबाही हुन्छ ।

२ युवती लुटेका थिए खड्काले 

काभ्रे गणेशस्थान गाविस–३ घर भई मकवानपुर बस्ने ३४ वर्षीय पुष्कर खड्का अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय काट्दै आएका कैदी हुन् । खड्काले पोखराका दुई युवतीलाई बन्धक बनाई गरगहना र सामान लुटेका थिए । 

२०६९ साल चैतमा खडकाले मोडल बनाई दिन्छु भन्दै पोखरा लामाचौरकी एक युवतीलाई मोडल बनाई दिन्छु भन्दै एउटा होटलमा बोलाएर बन्धक बनाई हतियार देखाएर लुटेका थिए । उनले ती युवतीबाट ३ तोला ५० लालको सुन, आइफोन र नगद १२ हजार रुपैयाँ लुटेका थिए । 

नदीपुर बस्ने एक महिलालाई पनि सोही वर्ष मोडल बनाइ दिने भन्दै लुट्न उनी सफल भए । पार्टी सिन रहेको भन्दै गरगहना लगाएर आउन भनेपछि ती महिलाले झपक्क सुन लगाएर पृथ्वीचोकको होटल पुगेकी थिइन् । खड्काले डे«स चेन्ज गर्ने भन्दै कोठामा लगी बन्दुक देखाएर ती युवतीलाई लुटेका थिए । त्यसपछि ती युवतीलाई शैचालयमा थुनिदिएका थिए । युवतीको साथबाट सुनको सिक्री, दुई मुन्द्रा, मोबाइल, क्यामेरा र नगद ८ हजार रुपैयाँ लुटेका थिए । त्यति मात्र होइन ती महिलाको स्कुटर प्रयोग गरेर उनी भाग । भोलिपल्ट अमरसिंह चोकमा स्कुटर फेला परेको थियो । 

खड्कालाई २०६९ साल चैत २३ गते काठमाडौं प्रहरीले कालिमाटीमा पक्राउ ग¥यो । त्यसपछि चैत्र २६ गते कास्की प्रहरीलाई बुझाएको थियो । 

खड्का २०७० वैशाख २६ गते कास्की अदालतको फैसला अनुसार कास्की कारागार चलान भए । उनलाई अदालतले ६ वर्ष कैद र ४ लाख जरिवाना सजाय सुनाएको थियो । उनले तोकेको जरिवाना बुझाउन नसकेपछि उनको कैद सजाय थपिएर १० वर्ष पुगेको हो । साढे ३ वर्ष कैद भुक्तान गरिसकेका गरेका खड्का यही मंसिर ९ गते न्युरोड दीपसागरबाट भागेका हुन् । उनको कैद भुक्तान अझै साढे ६ वर्ष बाँकी छ । कैदबाट भागेको कारण भुक्तान गर्न बाँकी रहेको साढे ६ वर्षको २५ प्रतिशत कैद सजाय थप हुने भएको छ । 

यस्तै भएको थियो काठमाडौंमा

केन्द्रीय कारागार सुन्धारामा कैद सजाय भोगिरहेका व्यक्ति ४ वर्षअघिको मंसिरमा राजधानीको गेस्ट हाउसमा युवतीका साथमा फेला परेका थिए । डाँका मुद्दामा कैदमा परेका सुनील तामाङ बागबजारस्थित एक गेस्ट हाउसबाट युवतीसहित फेला परेका थिए । 

कारागारबाट ३ जना प्रहरीका साथमा उनी बाहिरिएका थिए । उनलाई महानगरीय प्रहरी आयुक्त कार्यालयका टोलीले बागबजारको लोटस गेस्ट हाउसको कोठामा युवतीसहित फेला पारेको थियो । 

हतियारसहितका प्रहरी तथा हतकडीसहितको कैदी गेस्ट हाउस पसेको देखेपछि बागबजारका स्थानीयले प्रहरीलाई खबर दिएका थिए । त्यसपछि आयुक्तको टोली गेस्ट हाउसमा पुगेको थियो । टोलीले तामाङ एक कोठामा युवतीसहित फेला पारेको थियो । उनीसँगै गएका ३ जना प्रहरी भने अर्को कोठामा बसिरहेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!