तीन वर्षकी बालिकादेखि ७० वर्षकी वृद्धासमेत बलात्कृत

Posted on: 30 Dec, 2016

पुस १५, काठमाडौं । दोलखामा तीन वर्षमा ३४ वटा बलात्कारका घटना भए । पाँच बजरजस्ती करणीको उद्योगमा मुद्दा दर्ता भएको छ । भूकम्पपछि बलात्कार बढेको प्रहरीको तथ्यांकले देखाएको छ । २०७२ साल वैशाखपछि मात्रै १५ वटा बलात्कार घटना भएको उजुरी प्रहरी कार्यालयमा परेको छ ।

भूकम्पपछिको अस्थायी र असुरक्षित बसाइका कारण महिलाहरु बलात्कारको सिकार भएको प्रहरीले जनाएको छ । तीन वर्षमा तीन वर्षकी बालिकादेखि ७० वर्षकी वृद्धासम्म बलात्कार सिकार भएकी छन् । दुइ जना सुस्त मनस्थितिका महिला पनि बालात्कृत भएका छन् । 

छिमेकी र आफन्तबाटै बालात्कृत भएकी एक किशोरी र तीन युवती भने आमा भएका छन् । 

चरिकोट कारागारमा अहिले २९ जना बलात्कारीले कारबाही भोगिरहेका छन् । तीन घटनामा १५ वर्षभन्दा कम उमेर बालिका रहेका छन् । एउटा सामुहिक बलात्कार घटना भएको छ । - नयाँ पत्रिका 

यस बिषयमा तपाइको प्रतिक्रिया...!