लोकमानले छाडेनन् सरकारी निवास

Posted on: 11 Jan, 2017

पुस २७, काठमाडौं । सर्वोच्चको अदालतको फैसलाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तबाट पदमुक्त भएका लोकमान सिंह कार्कीले अझै सरकारी निवास छाडेका छैनन् ।

फैसलासँगै स्वत पदमुक्त भएका कार्कीले सरकारी निवास पनि छाड्नुपर्ने हो । सरकारी सेवाबाट हटेलगत्तै पदमा रहँदा लिएका सेवासुविधा पनि छाड्नुपर्छ ।

नियुक्ति वदर भएको तीन दिन बितिसक्दा पनि कार्कीले अख्तियार कार्यालयसँगै जोडिएको प्रमुख आयुक्तका लागि बनाइएको सरकारी निवास छाडेका छैनन् । -नागरिक दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!