नेपालमा भएका प्रतिबन्धित भारु साटिने

Posted on: 11 Jan, 2017

पुस २७, काठमाडौं | नेपालमा रहेका पाँच सय र एक हजार दरका भारू नोट सटहीको लागि छलफल गर्न नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीको नेतृत्वमा प्रतिनिधि बुधबार (आज) भारत जाने भएको छ । 

भारू सटहीका लागि छलफल गर्न भारतले शुक्रबार परराष्ट्र मन्त्रालयमार्फत् पत्र पठाएको थियो। भारतले परराष्ट्रमार्फत् नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयलाई पठाएको पत्रमा सटहीको मोडालिटी र पक्रियाको बारेमा छलफल गर्न को – को कहिले आउने भनी जानकारी मागेको थियो?

राष्ट्र बैंकका अनुसार यतिबेला नेपाली बैंक तथा वित्तीय संस्थाहरुसँग ३ अर्ब ३६ लाख ९० हजार भारू छ । तर त्यो भन्दा बाहिर १० अर्बभन्दा बढी भारू पाँच सय र एक हजारका नोट रहेको अनुमान गरिएको छ। - नेपाल समाचार पत्र 

यस बिषयमा तपाइको प्रतिक्रिया...!