पाँच लाख रुपैयाँ दाइजो नपाएपछि श्रीमतीको हत्या !

Posted on: 14 Jan, 2017

माघ १, काठमाडौं । रौतहट महेशपुरका सन्तोषकुमार साहले पाँच लाख रुपैयाँ दइजो नपाएको निहुँमा श्रीमती लालमुनी कुमारीको हत्या गरेको लालमुनीका माइती पक्षले आरोप लगाएका छन् ।

सन्तोष र उनको परिवारले पटक-पटक पाँच लाख रुपैयाँ दाइजो मागेको तर दिन नसकेपछि मार्ने धम्की दिने गरेको लालमुनीका दाइ जयप्रकाशले बताए ।

दाइजोकै निहुँमा बहिनालाई पटकपटक यातना दिने गरेको जयप्रकाशको दाबी गरेका छन् ।  बहिनीको बिहेमा उनीहरुले १० लाख रुपैयाँ दाइजो दिएका थिए ।

लालमुनीका माइती पक्षले हत्याका किटानी दिएपछि ससुरा राजेन्द्र साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सन्तोष भने फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख यज्ञविनोद पोखरेलले जानकारी दिए । -नयाँ पत्रिका दैनिक

यस बिषयमा तपाइको प्रतिक्रिया...!