चन्द्रागिरि केवलकारको टिकट मूल्य अब १०८ मात्र !

Posted on: 16 Jan, 2017


माघ ३, काठमाडौं । माघको प्रत्येक सोमबार चन्द्रागिरिमा रहेको भालेश्वर महादेवको दर्शन गर्न जाने दर्शनार्थीलाई केवलकारको टिकट मूल्यमा भारी छुट दिएको छ । 

चन्द्रागिरि हिल्स लिमिटेडले पहिला आउने १०८ दर्शनार्थीले १०८ रूपैयाँमा केवलकार चढ्न सक्ने बनाएको छ । 

‘माघ महिनाको प्रत्येक सोमबार पहिला टिकट खरिद गर्ने १०८ जनाले १०८ रूपैयाँमा टिकट पाउनेछन् । यस व्यवस्थता अन्तर्गत एक जनाले एउटा मात्र टिकट लिन पाउनेछन्,’ कम्पनीले भनेको छ । -नयाँ पत्रिका दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!