मजदूरी गर्न भारत गएका सुदूरपश्चिमका १६५ बेपत्ता

Posted on: 23 Feb, 2017

फागुन १२, महेन्द्रनगर | मजदूरीका लागि भारत गएका सुदूरपश्चिमका नेपाली मजदूरमध्ये १६५ जना वेपत्ता भएको तथ्यांक सार्वजनिक भएको छ । गैरसरकारी संस्था निडुस नेपालले कञ्चनपुर, अछाम र डोटी जिल्लामा गरेको अनुसन्धानबाट मजदूरीका लागि भारत गएकामध्ये १६५ जना हराएको पाइएको हो । 

सुदूरपश्चिमका नौवटै जिल्लाको अवस्थालाई हेर्ने हो भने त १ हजार नाघ्ने अनुमान गरिएको छ।

निड्स नेपालले सुरक्षित आप्रवासन र चेलीबेटी बेचबिखन रोकथाम परियोजना अनुसार तीन जिल्लामा पुगेर तथ्यांक संकलन गरेको थियो । हराएकाहरुको खोजीका लागि स्थानीय प्रशासनमा उजुरी नपर्दा पनि यकिन तथ्यांक संकलनमा समस्या भएको बताइन्छ । - नयाँ पत्रिका 

यस बिषयमा तपाइको प्रतिक्रिया...!