भक्तपुरमा यसकारण गुड्न नपाउने भयो साझा बस

Posted on: 23 Mar, 2017

चैत १०, काठमाडौं । यातायात व्यवसायी महासंघ लगायत जिल्लाका व्यवसायीहरुको विरोधका कारण साझा यातायताले भक्तपुरमा बस सेवा सञ्चालन गर्न नपाउने भएको छ ।

व्यवसायीको विरोधकै कारण साझाको भक्तपुर रुट परमिट (इजाजत) रोकिएको हो ।

भक्तपुरका राम्रो सडकमा मात्र नभइ ग्रामीण भेकमा समेत साझा सञ्चालनमा ल्याउनुपर्ने लगायत विभिन्न माग राखी यातायात व्यवस्था विभागमा उजुरी दिएपछि परमिट रोकिएको हो ।

महासंघका महासचिव सरोज सिटौलाले साझाले जनतालाई सेवा दिन नभइ नाफा खोज्न भक्तपुरमा बस सेवा सञ्चालन गर्न खोजेको आरोप लगाए ।  -कान्तिपुर दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!