मेडिकल जाँचका नाममा यौन दुब्र्यबहार गर्ने प्रहरी नियन्त्रणमा

Posted on: 29 Mar, 2017

चैत १६, काठमाडौं । मेडिकल जाँचका क्रममा यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि चिकित्सक प्रशान्त भट्ट प्रहरीको खोरमा पुगेका छन् । 

ललितपुरको एक कलेजका १९ जना छात्रा चिनमा होटल म्यानेजमेन्ट (बिएचएम) अध्ययनका लागि मेडिकल जाँचका लागि सिनामंगलस्थित स्पेस मेडिकल सेन्टर पुगेका थिए । २८ बर्षीय चिकित्सक भट्टले मेडिकल जाँच गर्नेक्रममा आफूहरुमाथि यौन दुर्व्यवहार गरेको आरोप विधार्थीको छ ।  

घटना गत आइतबारको भएपनि काठमाडौं प्रहरी परिसरले भट्टलाई सोमबार पक्राउ गरी हिरासतमा राखेको थियो । पीडितहरु सुरुमा गौशाला प्रहरी वृतमा पुगेपनि स्थित जटिल बनेपछि ‘उजुरी’ परिसरमा ल्याएर हेरिएको थियो । 

चिकित्सक भट्टले आफूले गल्ती नगरेको र माफी नमाग्ने बताएपछि पीडित पक्ष र उनीहरुको आफन्त आक्रोसित बनेका थिए । पीडित युवती र उनीहरुका आफन्त मंगलबार काठमाडौं प्रहरी परिसर पुगेर दोषीलाई हदैसम्मको कारबाही गनुपर्ने माग गरेका छन् ।

भट्ट दुई वर्षदेखि उक्त मेडिकल सेन्टरमा कार्यरत थिए । महिलाको जाँच गर्दा अन्य महिला स्टाफ नराखी भट्टले जाँच गर्दै आएका थिए । भट्टले भने चिकित्सा पेशामा महिला-पुरुष नहुने भन्दै चिकित्सकले विरामीलाई मात्र हेर्ने गरेको प्रहरी समक्ष बताएका थिए । -अन्नपूर्ण पोस्ट् दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!