काठमाडौंका जोखिमयुक्त घर अझै भत्काइएनन्

Posted on: 25 Apr, 2017

वैशाख १२, काठमाडौं | भूकम्प गएलगत्तै काठमाडौं उपत्यकामा जोखिममा रहेका भवन भत्काइपाऊँ भन्दै उजुरी संकलन गरिएको थियो । तर, कुनै पनि घर भत्काइएन । घर भत्काउन सबैभन्दा धेरै उजुरी काठमाडौं महानगरपालिकामा परेको थियो । 

महानगरपालिकाको तथ्यांकअनुसार त्यस वेला जोखिमयुक्त घर भत्काइपाऊँ भन्दै तीन हजार पाँच सय ३८ वटा उजुरी परेका थिए । ती सबै उजुरी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरियो । तर, प्रशासनले जोखिमयुक्त घर भत्काउन कुनै पहल गरेन । काठमाडौं महानगरपालिकाका अधिकृत डा. उत्तरकुमार रेग्मीले उजुरी संकलन गरिएको, तर घर भत्काइएको घटना थाहा नभएको बताए । ‘महानगरपालिकाभित्रको उजुरी संकलन मैले नै गरेको हु । ती उजुरी सिडिओ कार्यालय पेस गरिए । तर, त्यसमा कारबाही गरिएको घटना मलाई सम्झना छैन,’ उनले भने ।

पुरातत्व निर्माणमा

जम्मा क्षति ७५०

पूर्ण क्षति १३३

बन्दै गरेको जम्मा ९० वटा

२० वटा सम्पदा निर्माण सकिए

पुनर्निर्माण गर्नुपर्ने विद्यालय ७९२३

निर्माण सम्पन्न ११४१

निर्मार्णाधीन १०५१ 

- नयाँ पत्रिकाबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!