प्रदेश नम्बर ७ मा कांग्रेस–माओवादीबीच चुनावी एकता

Posted on: 25 Apr, 2017

वैशाख १२, काठमाडौं | स्थानीय तह निर्वाचनमा प्रदेश नम्बर ७ मा कांग्रेस–माओवादीबीच चुनावी एकता गर्ने सहमति भएको छ । माओवादी प्रदेश नम्बर ७ का इन्चार्ज एवं स्थायी समिति सदस्य लेखराज भट्ट र कांग्रेस केन्द्रीय सदस्य एनपी साउदलगायतका नेताहरुबीच प्रदेश नम्बर ७ मा चुनावी एकता गरेर जाने सैद्धान्तिक सहमति भएको हो ।

प्रदेश नम्बर ७ का माओवादी प्रचार विभाग प्रमुख ओमविक्रम भाट ‘सरल’ ले लामो छलफलपछि कांग्रेस र माओवादी केन्द्र चुनावी एकता गर्न सहमतिमा पुगेको बताए ।

प्रदेश नं. ७ सुदूरपश्चिममा कूल ८८ वटा स्थानीय तह छन् । प्रदेशस्तरमा चुनावी एकताका लागि सहमति भए पनि जिल्ला तथा स्थानीय तहमा भने सर्कुलर भएको छैन ।

केही दिनअघि एमाले सुदूरपश्चिम समन्वय कमिटिले माओवादी केन्द्रसँग चुनावी एकता गर्ने प्रस्ताव अघि सारेको थियो । यद्यपि, कांग्रेस–माओवादीबीच चुनावी एकता गर्ने सहमति भएको छ। - नयाँ पत्रिका 

यस बिषयमा तपाइको प्रतिक्रिया...!