५ सय र २ हजारका भारू नेपालमा गैरकानुनी

Posted on: 26 Apr, 2017

वैशाख १३, काठमाडौं | राष्ट्र बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले पछिल्लो समय होटलहरूले गैरकानुनी रूपमा पाँच सय र दुई हजार दरका भारू नोट चलाइरहेको पाइएको बताए । 

भारत सरकारले पुरानो भारू ५ सय र एक हजारको नोट खारेज गरेर ५ सय र दुई हजारको नोट चलनमा ल्याए पनि नेपालमा भने यी दुई नोटमाथि प्रतिबन्ध लाग्दै आएको छ। 

नेपालमा एक सयभन्दा तलका नोट मात्र चलाउन व्यवसायीलाई ढुंगानाले सुझाव दिए। - कारोबार दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!