आयल निगमबाटै यसरी हुन्छ ठगी

Posted on: 26 Apr, 2017

वैशाख १३, काठमाडौं | नेपाल आयल निगमले पेट्रोल पम्पलाई तोकिएको परिणामभन्दा कम तेल (डिजेल, पेट्रोल) दिएको भेटिएको छ। नेपाल गुणस्तर तथा नापतौल कार्यालयले गरेको छड्के अनुगमनमा चार हजार लिटरमा ९९ लिटर कम पेट्रोल दिएको तथ्य फेला परेको हो। 

गुणस्तर, निगम, आपूर्ति विभाग र पेट्रोल व्यवसायीको संयुक्त टोलीले काठमाडौंको कालीमाटीस्थित माली पेट्रोल पम्पमा सोमबार पेट्रोल ट्यांकरको पेट्रोल नाप्दा परिणामभन्दा कम भेटिएको हो।

चार हजार लिटर पेट्रोल हुनुपर्नेमा ९९ लिटर नपुगेको गुणस्तर तथा नापतौल बागमती अञ्चल कार्यालयकी शाखा अधिकृत ममता मानन्धरले बताइन्।‘क्यालिब्रेसन चार्ट अनुसार तेल आएको छ कि छैन भनेर मापन गरेका हौं. मानन्धरले भनिन्,‘ नमुनाका रूपममा नाप गर्दा कम तेल देखियो।’ मापदण्ड अनुसार नभएपछि अनुसन्धान सुरू गरिएको उनले बताइन। - नागरिक दैनिक

यस बिषयमा तपाइको प्रतिक्रिया...!