१३ बर्षदेखि रोकिएको बाहिरी चक्रपथको काम सुरु

Posted on: 26 Apr, 2017


बैशाख १३, काठमाडौं । जग्गा एकीकरण गरी जग्गा विकासको माध्यमबाट निर्माण गर्न लागिउको बाहिरी चक्रपथको काम लामो समयपछि अघि बढेको छ ।

चोभार – गाम्चा – सतुंगल खण्डको ६.६ किलोमिटर सडक निर्माणको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) स्वीकृत भएसँगै १३ बर्षदेखि रोकिएको काम अघि बढेको हो ।

चोभारदेखि सतुंगलसम्मको ६ किलोमिटर सडक पाइलट प्रोजेक्टका रुपमा अघि बढाउन सहरी विकास मन्त्रालयले डीपीआर स्वीकृत गरेको मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले जानकारी दिए । - कारोबार 

यस बिषयमा तपाइको प्रतिक्रिया...!