दोस्रो चरणको चुनाव तुहाउने खेल, देउवा र दाहाल सकारात्मक

Posted on: 18 May, 2017


जेठ ४, काठमाडौं । निर्वाचनको पहिलो चरणको मतपरिणाम धमाधम आइरहेका बेला राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन सार्न सत्तारुढ घटकहरुसमक्ष आग्रह गरेको छ ।

तत्कालै संविधान संशोधन हुने संभावना कम देखेपछि दोस्रो चरणको निर्वाचन सार्ने कसरत सुरु भएको हो । 

निर्वाचन सार्ने विषयमा शेर बहादुर देउवा र पुष्पकमल दाहाल सकारात्मक भएपनि पार्टीका अन्य नेताहरुले भने निर्वाचन सार्न नसकिने प्रतिक्रिया दिएका छन् । -नेपाल समाचारपत्र दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!