आफूखुसी जनसरकार घोषणा गर्ने ध्याउन्नमा विप्लव माओवादी

Posted on: 21 May, 2017

जेठ ७, काठमाडौं । मुलुकका प्रमुख राजनीतिक पार्टीहरु निर्वाचनमार्फत स्थानीय सरकार गठनको तयारीमा लागिरहेका बेलामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भने देशका २ सय स्थानमा आफूखुसी स्थानीय सरकार बनाएको पाइएको छ ।

स्थानीय निकायका चुनाव भएको स्थानहरुमा उनीहरुकै भाषामा स्थानीय जनसरकारका रुपमा जनपरिषद् घोषणा गरिएको हो । अहिलेसम्म २ सयवटा स्थानमा जनपरिषद् घोषणा भएको सो पार्टीको उच्च स्रोतले जानकारी दिएको छ ।

जनपरिषद्ले स्थानीय निकायको भूमिका निर्वाह गर्ने नाम नभन्ने सर्तमा सो पार्टीका एक नेताले बताएका छन् । - नेपाल समाचारपत्र 

यस बिषयमा तपाइको प्रतिक्रिया...!