एउटा यस्तो गाउँ-जहाँ ८६ बर्षीया हजुरआमाको जिम्मामा छ !

Posted on: 23 May, 2017

जेठ ९, बझाङ | बुधबार दिउँसो १ बजे करिब ४५ परिवारको बसोबास रहेको सुर्मा गाउँपालिकाको थुकुन्डा गाउँका प्रयाः सबै घरका ढोकामा ताला झुन्डिएको थिए । ३ सय ५० जनाको बसोबास रहेको गाउँमा मध्यान्हमा पनि मानिसको चालचुल थिएन । आधा गाउँ घुमिसकेपछि दायाँतिर अग्लो ठाउँमा बालबालिकाको गुनगुन सुनियो ।

त्यहाँ पुग्दा एकजना बृद्धा महिलाको वरीपरी केही बालबालिका खेलिरहेका थिए । ती बुद्धा थिईन्, उमेरले नेटो काट्न थालेकी ८६ बार्षीया भुजीदेवी जेठार । 

हो यो गाउँ अहिले उनकै जिम्मामा छ । बैशाख पहिलो साता हिड्डुल गर्न नसक्ने बालबालिकालाई भुजीकै जिम्मा छाडेर यहाँको सबै जना यार्सा टिप्न लेक उक्लेका हुन् ।

बालबालिकाको मात्रै होईन, सिंगै गाउँको सुरक्षाको जिम्मेवारी पनि भुजिकै ठाउँकोमा छ । - कान्तिपुरबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!