यस वर्ष मनसुनमा कम वर्षा हुने, यस्तो छ कारण

Posted on: 27 May, 2017

जेठ १३, काठमाडौं । यस वर्षको मनसुनमा नेपालमा कम वर्षा हुने अनुमान गरिएको छ । वैशाखको अन्तिम साता भुटानको थिम्पुमा बसेको मौसमसम्बन्धी विज्ञहरुको दसौं दक्षिण एसियाली दृष्टिकोण मञ्चले नेपालमा मनसुनको समयमा कम वर्षा हुने अनुमान गरेको हो ।

दक्षिण एसियाली दृष्टिकोण मञ्चले समग्र दक्षिण एसियाको मनसुनको हरेक वर्ष पूर्वानुमान गर्दै आएको छ ।

यस वर्ष पूर्वी, मध्य र पश्चिम नेपालमा औसत वर्षा हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका मौसमविज्ञ शान्ति कँडेलले जानकारी दिइन् । तर, मध्य पश्चिम र सुदूरपश्चिममा औसतभन्दा कम वर्षा हुने अनुमान छ । विगत ३० वर्षको मौसमको विश्लेषणका आधारमा यस वर्ष नेपालमा कम वर्षा हुने अनुमान गरेको छ । - नयाँ पत्रिका दैनिक

यस बिषयमा तपाइको प्रतिक्रिया...!