दाङमा बम आतंक, उम्मेदवारकै घरमा बम

Posted on: 27 Jun, 2017

असार १३, दाङ । चुनावको संघारमा दाङमा आतंक मच्चाइएको छ । 

गयराति दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ५ मा तीनवटा बम फेला परेको छ । नेपाली कांग्रेसका तुल्सीपुर उपमहानगरपालिका मेयर उम्मेदवार गेहेन्द्र गिरीको घरमा बम राखिए पनि नेपाली सेनाले डिस्फोजल गरिसकेको छ ।

त्यस्तै वडा नम्बर ५ मै अरनीको मैदान मतदान केन्द्र स्थलमा र तुल्सीपुर बजारको मुख्य सडक विपि चोकमा बम राखिएको थियो । तीनवटै स्थानमा राखिएका सेनाले डिस्फोजल गरीसकेको छ । -अन्नपुर्णबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!