बर्दियाका ३३ वडा अध्यक्षमा माओवादी विजयी

Posted on: 05 Jul, 2017

असार २१, बर्दिया । बर्दियाको ७५ वडामध्ये ३३ वडाको अध्यक्षमा माओवादी विजयी भएको छ । 

यस्तै, एमाले २२ वडामा, कांग्रेसले १९ वडामा र राप्रपाले एक वडाको अध्यक्षमा जित हासिल गरेको छ । जितेको अधिकांश वडामा माओवादीको प्यानल नै आएको छ ।

स्थानीय तहको प्रमुख तथा उपप्रमुखमा भने माओवादी र एमालेले बराबर स्थानमा विजय हासिल गरेका छन् । माओवादीले तीन नगरपालिकामा विजय हासिल गरेको छ भने एमाले दुई नगरपालिका र एक गाउँपालिकामा विजयी भएको छ ।

कांग्रेस भने गुलरिया नगरपालिका र गेरुवा गाउँपालिकामा विजयी भएको छ । -नयाँ पत्रिका दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!