खाने पानी पाएपछि रामेछापका स्थानीयद्वारा खसी काटेर भोज

Posted on: 08 Jul, 2017

असार २४, रामेछाप । तामाकोसीबाट २ घण्टाको उकालो बाटो पानी बोकेर खाने बडिमुहानका बासिन्दा घरदैलोमै पानी झरेपछि खुसीले गद्गद् छन् । 

गाउँमा पानी आएकै कारण उनीहरुले खसी काटेर भोज र नाचगान गरे । अहिले केही घरमा धारा जोड्ने चटारो छ । यहीबीच स्थानीयले योजनाको उद्घाटन पनि गराएका छन् । मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले उक्त योजना शुभारम्भ गरे ।

बस्नेतले नगरपालिकाले नगरक्षेत्रका सबै घरमा खानेपानीको न्यूनतम सुविधा उपलब्ध गराउने रणनीति अख्तियार गरिएको बताए ।  कान्तिपुर दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!