काठमाडौंबाटै कर्णालीको जागिर

Posted on: 21 Jul, 2017


साउन ६, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको मेडिकल कलेजका लागि जग्गा प्राप्तिको बहाना बनाएर उपकुलपति डा. राजेन्द्रराज वाग्ले असार दोस्रो साता काठमाडौं गए ।

अस्पताल निर्देशक धर्मराज गोसाईलाई साथमा लिएर उनी काठमडाौं तर्फ लागेको एक साता नबित्दै रजिष्ट्रार विश्वराज काफ्ले पनि एकेडेमिक डिन प्राधयापक डा. मोदनाग मराठलाई लिएर जग्गा प्राप्तिको निहुँमा काठमाडौतर्फ लागे । तर, प्रतिष्ठानलाई जग्गा प्राप्त भएन । प्रतिष्ठानका जग्गा प्राप्तिका लागि आएको ९७ लाख रुपैयाँ फ्रिज भयो ।

विभिन्न बहानामा प्रतिष्ठानका पदाधिकारी काठमाडौंमा केन्द्रित भएपछि जुम्ला शिक्षण अस्पताल पदाधिकारीविहीन छ । प्रतिष्ठानको केन्द्रीय कार्यालय कर्णालीमै भएकाले अधिकांश समय कर्णालीमै बस्नुपछर् । 

तर, यहाँका पदाधीकारीले काठमाडौँस्थित सम्पर्क कार्यालयमा बसेर कर्णालीको दुर्गम भत्ता असुल्ने गरेका छन् । -नागरिक दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!