जोर्डनसँग हुँदैछ श्रम सम्झौताको तयारी

Posted on: 24 Jul, 2017


साउन ९, काठमाडौँ । नेपाली महिलाले रुचाएको गन्तव्य जोर्डनसँग श्रम सम्झौता गर्न श्रम तथा रोजगार मन्त्रालयले पहल थालेको छ ।

केही दिनअघिमात्र मन्त्रालय र जोर्डनका अधिकारीबीच श्रम सम्झौताका बुँदामा सहमति भैसकेको र चाँडै दुईपक्षीय श्रम सम्झौतामा हस्ताक्षर हुने मन्त्रालयले जनाएको छ ।

अबको एक महिना जतिमा श्रम सम्झौता गरिसक्ने योजना छ । -नागरिक दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!