फोरम–नयाँ शक्ति एकता टर्यो, यस्तो छ कारण

Posted on: 24 Jul, 2017


साउन ९, काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले कार्यकारी अधिकारसहित फस्ट मेन दाबी गरेपछि नयाँ शक्ति र मधेसी जनअधिकार फोरम नेपालबीचको एकता तत्कालका लागि टरेको छ । 

साउन १५ भित्रै एकता गर्नेगरी आइतबार साँझ भट्टराई निवासमा दुई पार्टीका शीर्ष नताहरुबीच भएको वार्ता बिनानिष्कर्ष टुंगिएको नेताहरुले जनाएका छन् । फोरमका नेताहरुले नयाँ शक्तिका संयोजक भट्टराई यसअघि भएका सहमतिबाट पछि हटेको आरोप लगाएका छन् ।

नयाँ शक्तिका नेताहरुले एकतापछि कार्यकारी अधिकारसहित ‘फस्ट मेन’ आफ्नो पक्षले पाउनुपर्ने दाबी कायमै रहेको बताएका छन् ।

आइतबार दिउँसो माओवादी केन्द्रका अध्यष प्रचण्डले पार्टीबाट छुट्टिएर गएका मोहन वैद्य, नेत्रविक्रम चन्द, भट्टराईलगायत नेतालाई पुरानै घरमा र्फन आह्वान गरेपछि भट्टराई फोरमसँगको एकता प्रक्रियाबाट पछि हटेको अनुमान गरिएको छ ।

‘आइतबारबाट परिस्थिति केही बिग्रेको देखिन्छ । माओवादी केन्द्रको निर्णय सार्वजनिक भएपछि यस्तो भएको हुनसक्छ’, फोरम नेपालका एक शीर्ष नेताले भने । -नागरिक दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!