तुइनले जोडियो सिन्धुपाल्चोक तातोपानी

Posted on: 30 Jul, 2017

साउन १५, सिन्धुपाल्चोक । स्थानीय पाङसेर्पु डाँडा झररे भोटेकोसीको लार्चा पुल बगाएपछि बन्द भएको आउजाउ तुइन जडान गररे शनिबार सञ्चालन गरिएको छ । 

तातोपानी नाका जोड्ने पुल बगाएको स्थानभन्दा केही मिटर पश्चिममा अस्थायी तुइन जडान गरिएको हो । साताअघि पुल बगेपछि भोटेकोसी

गाउँपालिका–२ को ५ किमि क्षेत्र आसपासको पूर बस्तिसंग सम्बन्धविच्छेद भएको थियो । स्टिल पोलको संरचनाबाट बनाइएको फडक असुरक्षित भएपछि

तुइन जडान गरिएको हो। 

सीमास्थित सशस्त्र प्रहरी बलका नायब उपरीक्षक (डीएसपी) विमल डाँगीका अनुसार तुइनबाट स्थानीय आउजाउ गर्न थालेका छन्। तुइन चढ्दै गरका साने े शेर्पाले भने, ‘अब केही जोखिम मोलेर भए पनि वारपार गर्न पाइयो।’

पुल नहुँदा लार्चाबाट तातोपानी पुग्न ५ घण्टा हि“ड्नुपथ्र्यो । तुइनमा बिरामी, वृद्धवृद्धा, सुत्केरी र केटाकेटीलाई पार गराउन भने जोखिम छ । पुल बगेपछि उक्त भेगका बासिन्दाले धमाधम गाउ छाड्न थालेका छन्। 

भूकम्प र भोटेकोसी बाढीले सडक तथा बस्ती क्षति पु¥याएपछि अप्ठेरोमा परका उनीहरू पुल बगेपछि थप त्रस्त भए । गाउ“पालिकाका अध्यक्ष राजकुमार पौडेलले बेलिब्रिज निर्माणका लागि पहल भइरहेको बताएका छन्।

नवनियुक्त सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले चीनस“ग कुराकानी गररे बेलिब्रिज राख्ने घोषणा गरका छन् । बिहीबार लार्चा आएका उनले आउजाउ सहज बनाउन सरकार प्रतिबद्ध रहेको बताएका थिए । 

२२ सयको बसोबास रहेको तातोपानी सुनसान हुँदै गएको छ । भूकम्पपछि तातोपानी नाका पूर्ण रूपमा बन्द छ । कान्तिपुर दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!