रामेछापमा टिप्पर दुर्घटना २ जना घाइते, एकको अवस्था चिन्ताजनक

Posted on: 02 Aug, 2017


साउन १८, रामेछाप । रामेछापको मन्थलीबाट बालुवा लिएर रजगाउँतिर जाँदै गरेको ट्रिपर मंगलबार मन्थली नगरपालिका ७ ओडारेमा दुर्घटनामा परेको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । 

बा २ क ६१९ नम्बरको उक्त टिप्पर उकालो बाटोमा पछाडि सर्दै करिब १ सय ५० मिटर तल तामाकोसीको बगरमा झरेको थियो । 

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनामा परेर चालक तुलबहादुर तामाङ र यात्रु विष्णुमाया माझी घाइते भएका हुन् । तामाङको अवस्था चिन्ताजनक रहेको छ । 

घाइते दुवैलाई तामकोसी सहकारी अस्पताल मन्थलीमा भर्ना गरिएको छ । सहचालक भने हामफालेर ज्यान बचाएका छन् । -कान्तिपुर दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!