दाजुभाइबीच विवाद हुँदा चक्कु प्रहार गरी हत्या

Posted on: 08 Aug, 2017

साउन २४, काठमाडौं । नुवाकोट घर भएका दाजुभाईबीच विवाद हुँदा चक्कु प्रहारबाट एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

सौतेनी दाजुभाइबीच विवाद हुँदा चक्कु प्रहारबाट ताम्सीपाखा डेरा गरी बस्दै आएका २७ वर्षीय रवि उपरकोटीको मृत्यु भएको हो ।

नुवाकोट घर भएका रविलाई मदिरा सेवन गरी झगडा हुँदा चक्कु प्रहार गर्ने माइला उपरकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

उपचारका क्रममा वीर अस्पतालमा आइतबार उनको मृत्यु भएको हो । -कान्तिपुर दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!