साइप्रसमा रामेछापकि २२ बर्षीय युवतीको डुबेर मृत्यु

Posted on: 20 Aug, 2017


भदौ ४, काठमाडौँ । साइप्रस प्रहरीले टोकरपुर ८, रामेछापकी २२ वर्षीया यमुना खपांगी मगरको डुबेर नै मृत्यु भएको रिपोर्ट तयार गरको  छ । 

साइप्रस मामिला हेर्ने इजरायलस्थित नेपाली दूतावासलाई प्रहरीले मगरको मृत्युबार जानकारी गराएको हो । गत अगस्ट ७ मा यमुना एउटा कम्प्लेक्सस्थित स्विमिङ पुलमा डुबेको अवस्थामा फेला परकी थिइन् । अस्पताल पु¥याउनेबित्तिकै उनलाई मृत घोषणा गरिएको थियो । 

दूतावासका अनुसार मगरकी स्पोन्सरले शव नेपाल पठाउन र क्षतिपूर्ति दाबी गर्न वकिल नियुक्त गरिसकेकी छन् । वकिलले दूतावासको सम्पर्कमा

रहेर काम अगाडि बढाइसकेको जनाइएको छ । -कान्तिपुर दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!