रोल्पाभरी जनपरिषद, थवाङमा जनसत्ता पुनः लागू

Posted on: 20 Sep, 2017

असोज ४, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले रोल्पाको थवाङमा जनसत्ता पुनः लागू गरेको छ ।

राज्यसत्ता दलाल र पूँजीवादी भएको भन्दै माओवादीले जनसत्ता पुनः लागू गरेको हो । गाउँ परिषद नाम दिइएको जनसत्ताको संयोजक किताब घर्तीलाई तोकिएको छ । त्यसमा १७ जना सदस्य छन् ।

अहिले सत्ताबाट न्याय सम्बन्धी सेवा बढी भइरहेको नेकपा माओवादी रोल्पाका सेक्रेटरी दलबहादुर खत्रीले जानकारी दिए । रोल्पा जिल्लाभरी नै जनपरिषद गठन गरिएको छ । तत्कालिन गाविसमध्ये थवाङ माओवादीको विशेष ठाउँ भएकाले यहाँ पुनः जनसत्ता लागू गरिएको बताइएको छ ।

थवाङमा हुने सबैखालका काममा जनसत्ताका प्रमुखसँग सहकार्य गर्नुपर्ने नेकपा माओवादीले जनाएको छ । -नागरिक दैनिकबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!