दार्चुलामा कसले बाजी मार्ला, वाम गठबन्धन कि कांग्रेस ?

Posted on: 14 Nov, 2017

लोकेन्द्र प्रशाद जोशी/कात्तिक २८, दार्चुला । निर्बाचनको मिति नजिकिदै गर्दा राजनीतिक दलहरुले प्रचारप्रसार संगै कुन क्षेत्र र भेगबाट आफनो पक्षमा कति मत आउन सक्छ भनेर चुनाबि अंकगणित तयार गर्न थालेका छन । 

बिगतदेखीको जनमत, उम्मेदबारको ब्यक्तीत्त, संगठन र गरेका कामको प्रभाबका आधारमा जनताले आफ्नो पक्षमा कतिमत देलान भन्ने अड्कलबाजि प्रमुख प्रतिस्पर्धी दलहरुले गरीरहेका हुन ।

संबिधान सभाको पहिलो निर्बाचन र दोस्रो निर्बाचन पालैपालो बिजयि भएका नेकपा माओबादी केन्द्र र एमालेबिच गठबन्धन बनेकाले बाम गठबन्धनका उम्मेदबारहरुले जिल्लामा आफुहरुको जित सुनिश्चित रहेको दाबी गरीरहेका छन । भने स्थानिय तह निर्बाचनमा पहिलो पार्टी बन्न पुगेको काग्रेशले स्थानिय तह निर्बाचनको परिणाम र संगठन बलीयो भएकाले आफुहरुको जित हुने दाबी गरेको छ । 

बामगठबन्धन दलका उम्मेदबारहरुसंग पहिलो र दोस्रो संविधानसभा सदस्यको निर्वाचनमा पराजय भोगेका नेपाली काग्रेशका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले जिल्लाबाट प्रतक्ष्य सिफारीस भएरपनि समानुपातीकमा बस्नुले गठबन्धसंग पराजय हुने डरले चुनाबि मैदान छोडेको बिश्लेषण भइरहेको छ । यद्धपि नेता बडुले युवा नेतृत्वलाइ स्थान दिन आफु समानुपातिकमा आएको तर्क गरीरहनुभएको छ । 

अहिले नेपाली काग्रेशबाट प्रतिनिधिसभा सदस्य प्रतक्ष्य निर्बाचनमा ३५ बषैदेखी काग्रेशकै राजनीतिमा सक्रीय नेता बिक्रम सिह धामी उम्मेदबार बनेर गठबन्धनसंग पहिलोपटक चुनाबि मैदानमा उत्रिएका छन ।

बाम गठबन्धनका उम्मेदबार ठगुन्ना इतिहास रच्ने दाउमा 

दोस्रो संविधानसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन प्रवक्त दिलेन्द्रप्रसाद बडूलाई पराजित गरेका नेकपा एमालेका केन्द्रीय सदस्य गणेशसिंह ठगुन्ना लगातार दोस्रोपटक चुनाव जितेर इतिहास रच्ने दौडमा छन् । ०४८ देखि हालसम्मका निर्वाचनहरुमा दार्चुला जिल्लामा अहिलेसम्म लगातार दोस्रो पटक जितेको इतिहास कसैले बनाउन सकेका छैनन् । 


०७० को संविधानसभा निर्वाचनमा कडा प्रतिस्पर्धामा विजयी बनेका एमाले नेता ठगुन्ना यसपटक पनि चुनाव जितेर इतिहास रच्ने विश्वासमा छन् । ०४८ मा दुईवटा निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेपाली कांग्रेसका उम्मेदवार दिलेन्द्रप्रसाद बडू र राप्रपाका प्रचण्डबहादुर सिंह निर्वाचित भएका थिए ।

 ०५१ देखि हालसम्मका निर्वाचनमा भने दार्चुलामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ । ०५१ को मध्यावधि निर्वाचनमा वहालवाला सहायक मन्त्री दिलेन्द्रप्रसाद बडूलाई चार हजारभन्दा बढी मतअन्तरले हराउँदै नेकपा एमालेका तत्कालीन केन्द्रीय सदस्य स्व. प्रेमसिंह धामी विजयी बनेका थिए । 

राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर एमाले नेता धामी ०५१ को मध्यावधि निर्वाचनमा उत्रिएका थिए । ०५६ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू विजयी बनेका थिए । एमाले नेता धामीको ०५४ मा जिप दुर्घटनामा निधन हुनु र एमाले मालेबिच तत्कालीन समयमा बिभाजन भएपछि कांग्रेस नेता बडूलाई ०५६ को चुनाव जित्न सहज भएको थियो ।

२०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा नेकपा माओवादीका लक्ष्मणदत्त जोशीले फराकिलो मतान्तरले विजय हासिल गरे । ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने एमाले उम्मेदवार गणेशसिंह ठगुन्ना विजयी बने । प्रभावशाली नेता बडु प्रतक्ष्य निर्वाचन हारेर पनि कांग्रेसको केन्द्रीय राजनीतिमा आफूलाई स्थापित गराएका नेता बडूले यो पटक भने समानुपातिक उम्मेदवार बनेर सुरक्षित अवतरण गर्न खोजेका छन् ।

 ०४८ देखि ०७० सम्मका ५ वटा निर्वाचनमध्ये कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले दुईपटक जिते पनि लगातार जित्न नसकेको इतिहास छ । यसपटकको निर्वाचनमा वाम गठबन्धन बनेपछि कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका बडूले प्रतिनिधिसभामा समानुपातिकको यात्रा तय गरेका छन् । 

केन्द्रमा कोइराला परिवारका नजिक रहेका बडूलाई समानुपातिक उम्मेदवार बनाएर दार्चुलाको प्रत्यक्ष निर्वाचनमा देउवा पक्षका नेताहरुलाई उम्मेदवार बनाइएकोले कांग्रेस कार्यकर्ताहरुमा खासै जाँगर नदेखिएको स्वयं जिल्लाका कांग्रेस कार्यकर्ता बताउँछन ।

स्थानिय तह निर्बाचनको नतिजा यस्तो छ 

७ गाउँपालीका र २ नगरपालीका गरी कुल ९ स्थानिय तह रहेको दार्चुलामा स्थानीय तहको निर्वाचनमा कांग्रेसले २ नगरपालीकासहित ५, एमालेले ३ र माओवादी केन्द्रले १ स्थानीय तहको नेतृत्व गर्ने अवसर पाएका छन् । 

स्थानीय तहमा पाएको मतको आधार हेर्ने हो भने पनि गठबन्धन ८ हजार बढी भोटले अगाडि देखिन्छ । स्थानीय स्थानीय तहमा पालिका प्रमुखहरुले पाएको मत नेपाली कांग्रेसको २१ हजार ७ सय ६८, एमालेको २० हजार ४ सय ४५ र माओवादी केन्द्रको १० हजार ४२ मत देखिन्छन् । यसरी हेर्दा स्थानिय तह नतिजामा समेत बाम गठबन्धन काग्रेशभन्दा बलीयो देखीएको छ ।

कसले बाजि मार्ला दार्चुलामा ?

स्थानीय तहको निर्वाचनमा कमजोर नतिजा भोगेको एमाले र एमाले नेता गणेशसिंह ठगुन्नाका लागि वाम गठबन्धन महत्वपूर्ण औजार बन्न पुगेको छ । कांग्रेससँगको एक्लाएक्लै प्रतिस्पर्धामा पछाडि पर्ने आँकलन गरिएको दार्चुलाको एमालेलाई माओवादी केन्द्रको मतले हौस्याएको छ । स्थानिय तहको निर्वाचन परिणामबाट उत्साहित बनेका कांग्रेस नेता एवं पूर्वराज्यमन्त्री बडूले वामगठन्धन बनेसँगै आफ्नो चुनावी यात्रा मोडेका हुन् । 

कांग्रेसका प्रभावशाली नेता बडूले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन छोडेपछि एमाले र एमाले केन्द्रीय सदस्य गणेशसिह ठगुन्नाले राहत र सजिलो महसुस गरेका मात्र छैनन काग्रेश उम्मेदबारसंग दोब्बर मतान्तरले बिजयि हुने दाबी गरीरहेका छन । 


गठबन्धनले एमालेका साथै माओवादीसमेत उत्साहित बनाएको छ । दार्चुलामा दुईमध्ये एउटा प्रदेशसभामा माओवादी केन्द्रका जिल्ला इन्चार्ज मानबहादुर धामी सन्तोष उम्मेदवार बनेका छन । एउटा निर्वाचन क्षेत्रमा एमालेका गेल्बुसिह बोहरा उम्मेदवार छन । 

उता काग्रेशले भने संगठनको बलमा बाम गठबन्धलाइ ध्वस्त पार्ने मिसाइल आफुहरुसंग रहेकाले काग्रेशको जित हुने दाबी गरीरहेको छ । निबर्तमान सासंद एब. नेकपा एमाले केन्द्रीय सदस्य गणेशसिह ठगुन्ना र काग्रेशको तर्फबाट प्रतिनिधिसभा उम्मेदबार बिक्रम सिह धामीबिच नै मुख्य चुनाबि प्रतिस्पर्धा देखीन्छ । बाजि कसले मार्नसक्छ त्यो भने मंसीर २१ गतेपछि आउने मतपरिणामले मात्रै प्रमाणित गर्नेछ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!