प्रकाश दाहाललाई श्रद्धाञ्जली दिन को–को गए ?

Posted on: 20 Nov, 2017

मङ्सिर ४, काठमाडौँ । माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत रहेका प्रकाश दाहालको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पु¥याएपछि प्रचण्डले पार्टीको झन्डा ओढाएका थिए ।

उनलाई अन्तिम श्रद्धाञ्जली दिन माओवादीका शीर्ष नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, रामबहादुर थापा, जनार्दन शर्मा, हितमान शाक्य, पम्फा भुसाललगायत नेता पुगेका थिए ।


अाजको नयाँ पत्रिकामा खबर छ-एमाले नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठ, क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलगायत नेताहरू पुगेका थिए । 

चुनावी गतिविधिमा जिल्ला–जिल्लामा रहेका माओवादी केन्द्रका धेरै नेता दिउँसो १ बजे नर्भिक अस्पताल आइपुगेका थिए । प्रकाशलाई अस्पतालमै भेट्न एमाले नेता माधवकुमार नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेल, कांग्रेस नेता प्रकाशमान सिंह, डा. प्रकाशशरण महतलगायत पुगेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!