अनेरास्ववियुकी अध्यक्ष नवीना लामा चुनावी प्रचारमा, बाबु हिरासतमा

Posted on: 23 Nov, 2017

मङ्सिर ७, काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष नवीना लामा जितवन ३ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिताउन खटिएकी छिन् । 

प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उम्मेदवार लामालाई उनको संगठनले नै चितवन खटाएको हो । प्रचण्डलाई जिताउने जिम्मेवारी उनले पाएकी छिन् ।  उनका बाबु मणिक लामा भने निर्वाचन भाँड्न सक्रिय रहेको आरोपमा प्रहरी हिरासतमा पुगेका छन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य मणिक विप्लव समुहको ताम्सालिङ स्वायत्त जनसरकार प्रमुख र राष्ट्रिय तामाङ मुक्ति मोर्चाका प्रमुखसमेत हुन् ।

जनमोर्चा नेपाल हुँदै माओवादी केन्द्रमा प्रवेश गरेका नविनाका बाबु  मणिक अहिले विप्लव समूहमा छन् । निर्वाचन बिथोल्न उम्मेद्वारमाथि हिंसात्मक कारवाहि अगाढी बढाएपछि मणिकलार्इ प्रहरीको विशेष व्यूरोले काठमाडौँ पक्राउ गरेको हो । 

स्रोतका अनुसार मणिक पटक पटक चीन गएको र हतियार खरिदसम्बन्धी प्रक्रियामासमेत संलग्न रहेको सूचनाको आधारमा आतंकवाद तथा अन्तर्देशी अपराधसम्बन्धी अनुसन्धान गर्ने जिम्मेवारी पाएको बिशेष ब्युरोले उनको खोजि गरेको थियो । 

बाबु पक्राउ परेको सूचना पाएलगत्तै नविनाले प्रहरीलार्इ सम्पर्क गरेर विप्लव समूहमा लागेपनि बाबु हिंसात्मक गतिविधिमा नलागेकाले मुक्त गर्न आग्रह गरेकि थिइन् । -नागरिक दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!