वडाध्यक्षको भारतमा ४ वटा कोठी भएको खुलासा

Posted on: 25 Dec, 2017

पुस १०, काठमाडौं । महिला बेचबिखनको आरोमा प्रहरी हिरासतमा रहेका नुवाकोट दुप्चेश्वर गाउँपालिका १ का वडाध्यक्ष सुनबहादुर तामाङले भारतका विभिन्न ४ स्थानमा कोठी (यौनगृह) सञ्चालन गरेको तथ्य खुलेको छ। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तामाङलाई बुधबार घ्याङफेदीस्थित वडाध्यक्षकै कार्यालयबाट पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेलगत्तै नुवाकोट दुप्चेश्वर  गाउँपालिका १ का तीन जना पीडित महिलाले उनीविरुद्ध सिआईबीमा जोहरी दिएका छन्।

सिआईबीका प्रमुख डिआईजी पुस्कर कार्कीले सुनबहादुर मानव बेचबिखनको मुद्दामा पक्राउ परेको बताए । उनी दुप्चेश्वर वडा नम्बर १ का वडाध्यक्ष भएको उनले बताए।

प्रहरीका अनुसार तामाङले भारतको नयाँ दिल्लीस्थित जेबी रोडको गल्ली नम्बर ६४, पुनास्थित सोनागार्छे १५, कोलकत्ता र मुम्बई गरी चार ठाउँमा कोठी सञ्चालन गरिरहेका छन्।

उनको दिल्लीमा ३५, सोना गार्छेमा २७ कोलकत्तामा १५ र मुम्बईमा ८ जना युवतीहरू छन्। पीडितको बयानका आधारमा सबै कोठी उनकी श्रीमती राधा तामाङले चालाइरहेकी छन्। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!