एक बर्षदेखि अमेरिकामा बसेर जाजरकोटमा जागिर खाने डाक्टर

Posted on: 04 Jan, 2018

पुस २०, जाजरकोट ।  सुन्दै अचम्म लाग्न सक्छ, अमेरिका बसेर जाजरकोटमा जागिर कसरी सम्भव होला ? 

तर जिल्ला अस्पताल जाजरकोटमा कार्यरत मेडिकल अधिकृत डाक्टर निशराज बस्नेतले विगत एक बर्षदेखि अमेरिका बसेर यहाँको सरकारी जागिर गरिरहेको पाइएको छ । स्थानीय प्रशासनले छड्के अनुगमन गर्दा यस्तो अनियमितता फेला परेको हो ।

उनी गत बर्ष अमेरिका गएका हुन् । २०७३ अन्त्यसम्म उनको साढे १९ दिन सञ्चित बिरामी बिदा थियो । २०७४ बैशाखयता दुईपटक आएर हाजिर गरेर उनी पुनः अमेरिका फर्किएका छन् । यस बर्ष बैशाख २५ देखि जेठ ४ गतेसम्म ११ दिन हाजिर गरेर फर्किएका थिए । पुनः कार्तिक ६ देखि हाजिर भएका उनी २१ गतेसम्म १६ दिन जिल्ला अस्पतालमा बसेर काम गरेको हाजिरी रेकर्डमा उल्लेख छ ।

-  आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!