ट्रायल पास गर्ने अढाई लाखले किन पाएनन् लाइसेन्स ?

Posted on: 18 Jan, 2018

माघ ४, काठमाडौं । सरकारको अकर्मन्यताका कारण सवारी चालक परीक्षा (ट्रायल) पास गरेका अढाई लाख नेपालीले चालक अनुमति पत्र (लाइसेन्स) पाउन सकेका छैनन्। 

लाइसेन्स नपाउनेको संख्या २ लाख ५० हजारभन्दा धेरै पुगेको यातायात व्यवस्था विभागले जनाएको छ ।

नियामक निकायले समयमा नै निर्णय नगर्दा सेवाग्राहीले समस्या भाग्नु परेको खबर शिव बोहोराले आजको कारोबार दैनिकमा लेखेका छन्।

देशभर हाल स्मार्ट लाइसेन्सको माग (नयाँ, नविकरण र नेपालीकरणसमेत) दैनिक करिब ५ हजार छ। स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने निकाय यातायात व्यवस्था विभागसँग दैनिक ८ सय कार्ड प्रिन्ट गर्ने क्षमता छ।

त्यसो त विभागसँग माग अनुसार प्रिन्ट गरेर दिनसक्ने कार्ड पनि मौजाद छैन। माग अनुसार लाइसेन्स प्रिन्ट गर्न नसक्दा आवश्यकता अनुसार वितरण हुन नसकेको हो।

सरकारले २०७२ मंसिरदेखि बागमती अञ्चलबाट स्मार्ट लाइसेन्स वितरण सुरु गरेको थियो।

गत साउनदेखि स्मार्ट लाइसेन्स वितरण देशैभरी पु¥याए पनि ट्रायल पास गरेको नौ दश महिनाभन्दा लामो समयसम्म लाइसेन्स पाउन नसकिने अबस्था आएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!