राष्ट्रियसभाका ५६ सिटमध्ये एमाले र माओवादीलाई कति-कति ?

Posted on: 18 Jan, 2018

माघ ४, काठमाडौं । नेकपा एमाले र माओवादीको संयुक्त कार्यदलले राष्ट्रिय सभाका ५६ मध्ये ४३ सिटको भागवण्डामा सहमति गरेको छ।

हिजो बसेको कार्यदलको बैठकले १४ सिट माओवादीले र २९ सिट एमालेले लिने गरी सहमति भएको माओवादी नेता मात्रिका यादवले बताए ।

’१४ सिट माओवादी र २९ सिट एमालेले लिने गरी सहमति भएको छ’, यादवले भने, ‘बाँकी सिटबारे पछि सहमति गर्ने र अन्य दलहरुसँग पनि छलफल गर्ने छौं।’

राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते हुँदैछ। कार्यदलले गरेको निर्णयलाई पार्टी एकता संयोजनन समितिले अन्तिम रुप दिने छ। कार्यदलले राष्ट्रिय सभा र प्रदेश सरकारको निर्वाचबारे सुझाव र तयारी गर्ने गरी कार्यदल गठन गरेको थियो । -  नागरिक दैनिकमा खबर छ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!