कालिकोटमा भाइरल ज्वरो: गाउँभरि बिरामी, औषधि र स्वास्थ्यकर्मीको अभाव

Posted on: 21 Jan, 2018

माघ ७, कालिकोट । दुई सातादेखि फैलिएको भाइरल ज्वरोले कालिकोटमा महामारीको रूप लिएको छ । सदरमुकामस्थित खाडाचक्र नगरपालिकाको २ र ४ वडामा मात्रै ८ सय १४ बिरामी भेटिएका छन् । 

जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल अलीले वडा २ मा २ सय ७० र वडा ४ मा ५ सय ४४ भाइरल ज्वरोका बिरामी भेटिएको जानकारी दिए । उनले दुवै वडामा भाइरलले महामारीको रूप लिएको जनाउँदै बिरामी पर्नेमा अधिकांश बालबालिका रहेको बताए । आजको कान्तिपुरमा मुख्य खबर छ ।


‘गाउँमा अवस्था जटिल छ,’ डा. अलीले भने, ‘केन्द्रबाट थप औषधि र स्वास्थ्यकर्मी माग गर्नुपर्ने स्थिति आएको छ ।’ भाइरलबाट ५ सय ११ बालबालिका र ६० वर्षभन्दा बढी उमेरका २३बिरामी छन् । उनले दुई बालबालिकाको भाइरलबाट मृत्यु भइसकेको पुष्टि गरे । बिरामीमा ज्वरो आउने, टाउको तथा मांसपेशी दुख्ने, खोकी लाग्ने लक्षण देखिएको छ ।

वडा ४ का अध्यक्ष धनसिंह कामीले गाउँभरि सिकिस्त बिरामीहरू रहेको बताए । उनको घरमा मात्रै चार जना बिरामी छन् । ‘बच्चादेखि वृद्धसम्म सबै बिरामी छन्,’ उनले भने, ‘औषधिको कमीले सबैको उपचार हुन सकेको छैन ।’

खाडाचक्र नगरपालिकाका दुई वडामा ३ बालबालिकासहित ५ जनाको मृत्यु भएपछि स्वास्थ्यकर्मी खटाइएको जिल्ला प्रशासनले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!