अपहरणमा परे वडाध्यक्षका छोरा

Posted on: 18 Feb, 2018

फागुन ६, कपिलवस्तु | कपिलवस्तुस्थित मायादेवी गाउँपालिका ४ का वडाध्यक्ष फत्ते मोहम्मद मुसलमानका ५ बर्षीय छोरा मोहम्म एमान अपहरणमा परेका छन् ।

घर पिपराबाट बिहीबार बिहान ८:३० बजे बुलाहीहवास्थित मदरसामा पढ्न जानेक्रममा अपरिचित मानिसले छोरालाई अपरण गरी लगेको वडाध्यक्ष मुसलमानले बताए ।

एमान कान्छो छोरा हुन् । समैया मदरसामा कक्षा १ मा पढ्ने कान्छो छोरालाई रातो र कालो रङका पल्सर मोटरसाईकलमा आएका २ जनाले अपहरण गरी लगेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै मुसलमानले बताए । - आजको नागरिकमा  खबर छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!